चितवन, २७ असार । जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामनाको अधिकांश भू–भाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ ।
गाउँपालिका प्रमुख गिता गुरुङले शनिवार मात्र इच्छाकामना गाउँपालिका वडा नम्बर तीन दारेचोक स्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । सो अबसरमा एक घर एक धारा अन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ ।
उहाँका अनुसार झण्डै ६ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याईएको हो । रु ३५ लाखको लगानिमा योजना सम्पन्न भएको हो । उहाँले भन्नुभयो “अब तोक्दाङढाप बासिले घण्टै लगाएर पानी लिन जानु पर्दैन ।”
गाउँपालिकाकै वडा नम्बर ६ ढुग्रेमा रु १ करोडको लगानिमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदै छ । त्यहाँ एक सय भन्दा वढि घर लाभान्वित हुने छन् । सो आयोजनाको ७२ धारा जडान भई सकेको गुरुङले जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नम्बर १ ज्ञानजालामा पनि रु १ करोडको लगानिमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
त्यस आयोजनाले ७० घर परिवारलाई खानेपानी पुयाउने छ । ईच्छाकामनाकै वडा नम्बर ५ इच्छाकामना मन्दिर परिषरमा रु १ करोडकै लागतमा खानेपानी आयोजनाको काम भईरहेको छ । पानी निस्किसकेको र धारा जडानको काम भईरहेको उहाँको भनाई छ । यस आयोजनाले मन्दिर क्षेत्र संगै स्थानीय ५५ घरलाई खानेपानी पु¥याउने छ ।
तीनवटै आयोजना लिफ्टीङ सिस्टमबाट गरिएका हुन । सबैमा सोलार जडान गरिएका छन् । अफ्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उहाँले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो “अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला ।”
आँफु प्रमु्ख भए पछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उहाँले खानेपानीको समस्या मुख्य रुपमा महिलाले पाउने गरेको बताउनुभयो ।