सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा १११ कोरोना संक्रमित थपिए, ३७ निको भए


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार १५:५९ 
  • चितवन,२६ असार । चितवनमा पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ८८ जना पिसिआर परीक्षणबाट हुन् भने २३ जना एन्टिजेनबाट हुन् ।

    उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ८३ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ६, माडीका ५, रत्ननगरका ६, राप्तीका २, कालिकाका ८ र इच्छाकामना गाउँपालिकाका एक जना जना रहेका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १७ हजार ३१७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ५७४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १ हजार ४५० जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार ३२३ जना होम आइसोलेसनमा छन् भने १०१ जना अस्पताल तथा २६ जना संस्थागत आइसोलेसनमा छन् ।

    यस्तै चितवनमा कोरोना संक्रमणबाट २९३ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट दुई जनाको मृत्‍यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.