सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रजतपटविरुद्ध कानुनी उपचार खोज्ने गरिमाको चेतावनी


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १५:४१ 
  • काठमाडौं, २५ असार । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत उनले सुवेदीलाई लगाएकी छन् ।

    शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् । रजतपट कार्यक्रममा चरित्र हत्या गरिएकोप्रति गम्भिर आपत्ति ! भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।’

    ‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ उनले विज्ञप्तीमा अगाडि भनेकी छन्– ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।’ उनले विज्ञप्तीको अत्यमा भ्रामक र बदनियतपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

    के थियो रजतपटमा ?

    मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आएकी थिइन् । उनीहरु बीचको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यही टुक्रामा दुर्गेश र गरिमाबीच लामो प्रेम रहेको चर्चा थियो । यही बिषयलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले ‘समाचार’ बनाएको थियो । समाचारमा विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना समेत लगाएको छ । प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममा ‘बिनाशकाले विपरित बुद्धि’ भनेर गरिमामाथि टिप्पणी समेत गरेका छन् ।

    रजतपट कार्यक्रम प्रसारण भएकै समय राती (बिहीबार) गरिमा आफ्नो चरित्रहत्या भएको भन्दै टिकटकमा रुँदै लाइभ देखिएकी थिइन् । लाइभमा उनले रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी समेत दिएकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.