चितवन, २३ असार । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गसहित आपपासको क्षेत्रमा जारी गरेको कफ्र्यु आदेशलाई थप गरेको छ । प्रशासन कार्यालयले आज बुधवार कफ्र्यु आदेश जारी गर्दै असार २४ गते साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेशलाई निरन्तरता दिएको हो । सो क्षेत्र आसपासका स्थानीयलाई बिहीबार विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक उपभोग्य सामान खरिद विक्री गर्न सक्ने आदेशमा उल्लेख छ । तर, यसरी उपस्थित हुँदा तीन जनाभन्दा बढि उपस्थित हुन पाइने छैन ।
पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं. ४ डढुवासम्मको राजमार्गको दाया बायाँ पाँच सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव स्थानीय बम्ह्रस्थानी सामुदायिक बनमा भेटिएपछि सो क्षेत्रमा राजमार्ग बन्दसहित प्रर्दशन हुँदै आएको छ । वुधवार मात्रै छिमेकी खैरहनी नगरपालिका क्षेत्रमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । बन्द गरिएको राजमार्गलाई प्रहरीले करीव २ घण्टा पछि खुलाएको थियो ।
भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलगंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यु आदेश जारी गर्नुपरेको प्रशासनको भनाइ छ ।
राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो ।
आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ । भण्डारीको शव काठमाण्डौंको शिक्षण अस्पतालमा लगेर पोष्टमार्टम गरिसकिएको छ । थप अनुसन्धानका लागि प्रहरीले भिसेरा परीक्षण गर्ने जनाएको छ ।