सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १२:३२ 
  • बलेवा, २३ असार । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

    एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

    वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं ४ को जलजला स्वास्थ्य चौकी, वडा नं ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक-एक थान मेसिन उपलब्ध गराइएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा सभापति कुँवरले विकट वस्तीमा सेवा पुयाउने उद्देश्यले नागरिक दायित्व वहन गरेर सहयोग गरिएको बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणनिधि घिमिरे, नेपाल महिला सङ्घका दिलमाया पौवीलगायतले अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएपछि कोरोना सङ्क्रमणको उपचारमा सहज हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.