सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १२:३२ 
  • बलेवा, २३ असार । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

    एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

    वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं ४ को जलजला स्वास्थ्य चौकी, वडा नं ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक-एक थान मेसिन उपलब्ध गराइएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा सभापति कुँवरले विकट वस्तीमा सेवा पुयाउने उद्देश्यले नागरिक दायित्व वहन गरेर सहयोग गरिएको बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणनिधि घिमिरे, नेपाल महिला सङ्घका दिलमाया पौवीलगायतले अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएपछि कोरोना सङ्क्रमणको उपचारमा सहज हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.