सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सा झुिलटारमा मेसिनबाट धान रोप्ने कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १३:५८ 
  • वीरगञ्ज, २२ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुिलटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ । पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो ।

    स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि औजार कारखानाको प्राविधिक सहयोगमा मेसिनबाट कसरी धान रोप्नेबारे प्रदर्शनी गरिएको हो । राईस ट्रान्स प्लान्टर भन्ने मेसिनबाट करीब १० कठ्ठा क्षेत्रफलमा धान रापिएको थियो ।

    यस प्रविधिबाट बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने परियोजना प्रमुख रोशन अधिकारीले राससलाई बताउनुभयो । पर्साको ग्रामीण क्षेत्रका किसानले परम्परागत रुपमा धानखेती गर्दा बढी समय र लागत बढी लाग्ने तथा उत्पादन कम हुने भएकोले यस वर्षदेखि किसानलाई मेसिनबाट धान रोप्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।

    परम्परागत रुपमा खेती गर्नुभन्दा मेसिनले धान रोप्दा समय, श्रमिक र आर्थिक बचतसमेत हुने भएको बताउँदै कृषि औजार कारखानाका प्राविधिक अधिकृत द्वारिका चौधरीले– मेसिनबाट धान रोप्दा एक जना अपरेटर र एक सहयोगीले मात्र मेसिन चलाउने र कम खर्चमा बढी उत्पादन लिन सकिने भएकोले सबै किसानलाई मेसिनबाट धान रोप्न आग्रह गर्नुभयो ।

    मेसिनबाट धान रोप्दा २५ सेन्टिमिटरको दूरीमा लाइन लगाएर धान रोपिने र एक घण्टामा आधा लिटर डिजल मात्र खर्च हुने भएकोले ६० प्रतिशत समयको बचत हुने देखिन्छ । करीब ८ लाख मूल्य पर्ने सो मेसिनको प्रयोगले धान रोप्दा कम लागतमा बढी उत्पादन लिन सकिने कृषि इञ्निीजयर छिरिङ्ग शेर्पाको भनाइ छ ।

    सुनखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको सो मेसिनले धान रोप्ने प्रविधिको प्रदर्शनीमा त्यस क्षेत्रका किसानले आफू पनि धान रोप्दा उक्त मेसिन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस आवमा सञ्चालित बाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय पर्साले सो कार्याक्रम लागू गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.