सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाख्रापालनबाट आम्दानी गर्दै किसान


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १३:०८ 
  • देउखुरी, २१ असार । व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हँुदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।

    घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गर्नुभएको हो । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन् ।

    उहाँले ५० वटा अट्ने एउटा खोर बनाउनुभएको छ । खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापा भन्नुहुन्छ । “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।”

    दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उहाँको भनाइ छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ ।

    घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आफ्नी आमाले दुई पाठी दिनुभएको थियो । तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन् । तीन वर्षदेखि बाख्रापालन गर्दै आउनुभएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उहाँ धेरै खुशी हुनुभएको छ ।

    श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उहाँँको योजना छ । “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ । काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भन्नुभयो ।

    राम्रो व्यवस्थित एउटा खोर बनाउनुभएकी पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ । दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.