सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्तीको सामुदायिक वनमा युवतीको शव फेला


  •    न्युजभित्तो/२० असार २०७८, आईतवार २२:०८ 
  • चितवन, २० असार । जिल्लाको राप्ती नगरपालिकास्थित सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ । ब्रम्हस्थानी सामुदायीक वनमा आज आइतबार साँझ युवतीको शव फेला परेको हो । उक्त शव कस्को हो भन्ने एकिन भने हुन सकेको छैन ।

    विगत नौ दिन अघिदेखि हराएकी राप्ती नगरपालिका वडा नं. ३ की २२ बर्षिय सुजिता भण्डारीको शव हुनसक्ने आशंका स्थानीयले गरेका छन् । गलेको अवस्थामा फेला परेको उक्त शवलाई परिवारका सदस्यले भने सुजिताको नै भएको बताएका छन् । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । जंगलमा च्याउन टिप्न गएका स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.