सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असारमा मात्रै ४० प्रतिशत पूँजीगत खर्च, हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै


  •    /२ श्रावण २०७६, बिहीबार १५:४८ 
  •    नारायण अधिकारी/रासस

    चितवन । आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ ।

    चितवन जिल्लामा गत आर्थिक वर्षका ११ महीनाको हाराहारी नै असारमा मात्र पूँजीगत खर्च निकासा भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार पूँजीगततर्फ सङ्घको ३४ प्रतिशत र प्रदेशको ५७ प्रतिशत बजेट असारमा निकासा भएको छ । समग्रमा हेर्दा असारमा खर्च भएको रकम ४० दशमलव ३८ प्रतिशत हुन आउँछ ।

    कार्यालयका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार गत आर्थिक वर्षमा पूँजीगततर्फ सङ्घको रु तीन अर्ब ५१ करोड २१ लाख २७ हजार खर्च भएकोमध्ये रु एक अर्ब २२ करोड ६४ लाख ४२ हजार असारमा खर्च भएको छ । प्रदेशतर्फको कूल खर्च रु एक अर्ब १५ करोड ४७ लाख १४ हजारमध्ये रु ६५ करोड ८३ लाख ४६ हजार असारमा मात्र खर्च भएको छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले काम सके पनि भुक्तानी लिउँला नि भन्ने र समय सकिनै लाग्दा काम गर्ने दुवैले भुक्तानी असारमा लिन आउने हुँदा पूँजीगत खर्चको ठूलो रकम निकासा त्यसै महीनामा हुने गरेको बताउनुभयो ।

    जिल्लामा गत आर्थिक वर्षमा ८४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयले दिएको जानकारीअनुसार पूँजीगत खर्चतर्फ ६९ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ भने चालूतर्फ ९५ दशमलव २२ प्रतिशत खर्च भएको छ । जिल्लामा समग्रमा रु १६ अर्ब ७७ करोड ७८ लाख ३० हजार ८३२ विनियोजित भएको थियो । सङ्घ र प्रदेश सरकारकोतर्फबाट विनियोजित रकमको रु १४ अर्ब २३ करोड ४३ लाख छ हजार २७१ मात्र खर्च भएको छ ।

    यो रकममध्ये पूँजीगत खर्चका लागि रु छ अर्ब ७२ करोड ९५ लाख ८८ हजार ९२ निकासा भएको थियो । जसमध्ये रु चार अर्ब ६६ करोड ६८ लाख ४१ हजार ९३३ खर्च भएको हो ।

    जिल्लामा सङ्घीय सरकारबाट पूँजीगत र चालू खर्च रु १४ अर्ब ५४ करोड ३५ लाख २१ हजार २४० विनियोजन भएकामा रु १२ अर्ब ७३ करोड ४४ लाख १२ हजार ८४३ खर्च भएको थियो ।

    यस्तै प्रदेश सरकारबाट निकासा भएको रु दुई अर्ब २३ करोड ४३ लाख नौ हजार ५९२ मध्ये रु एक अर्ब ४९ करोड ९८ लाख ९३ हजार ४२८ मात्र खर्च भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.