सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशैभर पत्रकारको धर्ना, चितवनमा पनि बिरोध


  •    /५ बैशाख २०७६, बिहीबार १२:१२ 
  • चितवन
    विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् ।
    विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस स्तन्त्रता कायम गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका पत्रकारहरुले बिहान साढे नौ देखि साढे दश बजेसम्म एक घण्टा धर्नामा बसेका हुन् ।
    चितवनमा पनि पत्रकारहरु विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । नेपाल पत्रकार महासंघ, चितवनको आयोजनामा पत्रकारहरु जिल्ला प्रशासन कार्यालय, चितवनको मुख्य प्रवेशद्वारमा धर्ना बसेका हुन् ।
    धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, सृजना अर्याल, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपाल, शिशिर सिंखडा, प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीलगायतका पत्रकारहरुको सहभागिता थियो । धर्नालाई सम्बोधन गर्दै पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकोले प्रेसमैत्री वातावरण सिर्जना गर्न र पक्राउ गरिएका पत्रकारहरुलाई बिनासर्त स–सम्मान रिहाई गर्न सरकारसँग माग गरे ।
    आजै पत्रकार महासंघको केन्द्रले गृहमन्त्रालय र सञ्चार मन्त्रालयमार्फत सरकारलाई बिरोधपत्र बुझाउने कार्यक्रम रहेको छ । आजै महासंघको बैठक बसेर थप कार्यक्रमको घोषणा गर्दैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.