सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १५:२७ 
  • काठमाडौं, : अभिनेत्री तथा निर्मात्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा पर्छिन् । उनी समय–समयमा समसामयिक राजनीतिकदेखि लिएर सामाजिक विषयबस्तुमा फेसबुकमा आफ्ना विचार सार्वजनिक गरिरहन्छिन् ।

    यिनै केकीले शुक्रबार फेसबुकमा एक स्टाटस लेखिन् । उनको स्टाटसले नेपालमा सदियौंदेखि रहँदै आएको जातीय विभेदप्रति लक्षित थियो ।

    ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफैं भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्’, उनले लेखेकी छन् ।

    उनले आफूबाट कहिँ कतै यस्ता खालका गल्ती भएको भए माफी दिन आग्रहसमेत गरेकी छन् ।

    ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको ब्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु,’ उनले लेखेकी छन् ।

    केही समयअघिमात्र ‘जात’कै कारण कोठा नपाएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा यसले बहसको विषय पाएको थियो ।

    उजुरी परेपछि आफूलाई कोठा नदिएको भनिएकी सरस्वती प्रधानलाई प्रहरीले नियन्त्रणमा लिए पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा उनी रिहा भएकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.