चितवन, १ असोज । भरतपुरको दीपेन्द्र चोकमा रहेको ‘चित्वन स्पाईसी हर्ब’ होटलको आज औपचारिक उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथि वैद्यले जापानमा संघर्ष गरेर त्यहाँ कमाएको आम्दानीबाट नेपालमा होटलमा लगानी गर्नु सह्रानीय भएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा लगानीको वातावरण छैन भन्नेहरुका लागि यो होटल एक उदाहरण हो ।” वर्तमान सरकार सफल बन्नु पर्ने भन्दै उहाँले उद्योग व्यवसायका समस्या समाधान गर्न सरकारको ध्यान जानु पर्ने बताउनुभयो । लगानीलाई सुरक्षा दिने काम सरकारको भएको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति ई. मिनि माधव खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवि सुवेदी, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, नारायणगढ जेसिजका अध्यक्ष सन्तोष पण्डित लगायतले शुभकामना दिनु भएको थियो ।
चित्वन स्पाईसी हर्ब होटलका संस्थापक अध्यक्ष भूमिराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक चिरञ्जीवि आचार्यले स्वागत गर्नुभएको थियो भने अर्का सञ्चालक प्रकाश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो क्रममा उहाँहरुले जापानमा गरेको संघर्षका दिनहरु स्मरण गर्दा उपस्थित भावुक भएका थिए । सो क्रममा प्रकाश आचार्यले नेपालमा हुँदैन भनेर नभन्न सबैलाई आग्रह गर्दै आफूहरुले संघर्ष गरेकै कारण यो ठाउँमा आईपुगेको बताउनुभयो ।
जापानमा परिवारले गरेको संघर्ष र अनुभवलाई यहाँ नेपालमा उपयोग गर्न लागेको भन्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालन गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. १० दीपेन्द्र चोकमा रहेको यस होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् । होटलमा दुई वटा गोलो आकारका फरक ढंगका कोठा समेत रहेका छन् । होटलमा ६० जना क्षमताको एउटा र ३०÷३० जना क्षमताका दुई वटा हल रहेका छन् । एक सय जना क्षमताको रेष्टुरेन्ट र दुई सय जना क्षमताको रुफटप रेष्टुरेन्ट होटलमा रहेका छन् । यस्तै बाहिरी भागमा एक सय जनाभन्दा बढी अट्ने ओपन रेष्टुरेन्ट रहेको छ । होटल परिसरमा २५ वटा कार र एक सय वटा मोटरसाईकल पार्किङ्ग गर्ने क्षमता रहेको छ । चार कठ्ठा क्षेत्रफलमा रहेको यस होटलमा जग्गा बाहेक पाँच करोड रुपैयाँ लगानी रहेको सञ्चालक चिरञ्जीवि आचार्यले बताउनुभयो ।
दुई दशक लामो जापानको रेष्टुरेन्ट व्यवसायको अनुभव हाँसिल गरेको आचार्य परिवारले यस होटलमा जापानिज, इण्डियन, चाईनिज सहित दक्षिण एशियाली परिकारहरुको फ्युजन गरी परिकारहरु पस्कने सञ्चालक चिरञ्जीवि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा अन्य रेष्टुरेन्टको भन्दा फरक स्वाद दिने गरी हामीले मेनु तयार गरेका छौं ।”
शान्त पारिवारिक वातावरणमा सञ्चालनमा रहेको यस होटल शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको आचार्यले बताउनुभयो । पूर्ण पारिवारिक वातावरण रहेको होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न खाना, खाजाका स्वादमा रमाउन पाईन्छ । जन्मदिन, विवाह उत्सव, पारिवारिक जमघट लगायतका विभिन्न कार्यक्रम गर्नका लागि समेत उपयुक्त यस होटलमा जापानका विभिन्न परिकारको स्वाद लिन पाईने आचार्यले बताउनुभयो । होटललले बिहानदेखि रातीसम्म होम डेलिभरी दिने गरी तयारी गरेको छ ।