सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १४:२५ 
  • फुङ्लिङ, ३ असार । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो ।

    यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात प्रतिमन ९४० किलोग्राम० २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिद बिक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरु बञ्चित भएका हुन् ।

    अहिले अलैँचीको मूल्य वृद्धि भएर प्रतिमन ३० देखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताउनुभयो । पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ ।

    यस्तै फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताउनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट बञ्चित हुनुपरेको हो ।

    शुरुका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा शुरुमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।

    ताप्लेजुङमा भने चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार ९६० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्क अनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिव १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.