सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रभासको फिल्म आदिपुरुषले निर्माणको क्रममै बाहुबलीको रेकर्ड तोड्ने


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार ११:३१ 
  • काठमाडौं, ३१ जेठ। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् ।

    ओम राउतको निर्देशनमा बन्ने यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै बजेटमा बन्ने भारतीय फिल्म हुने बताइएको छ । यसबाहेक यो फिल्म भारतीय सिनेमा इतिहासमै सबेभन्दा धेरै भिज्युअल इफेक्ट (भिएफएक्स) प्रयोग गरिएको फिल्म हुनेछ ।

    पिंकभिलाको रिपोर्टअनुसार आदिपुरुषमा करिब ८ हजार भिएफएक्स प्रयोग गरिनेछ । यो यसअघि एसएस राजमौलीको निर्देशनमा बनेको प्रभासकै फिल्म बाहुबली २ द कन्क्लुजनको भन्दा ३ गुणा बढी हो । बाहुबलीमा २ हजार ५ सय भिएफएक्स सट प्रयोग गरिएका थिए ।

    आदिपुरुष हिन्दी तेलुगु, तमिल, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । टिसिरिजको ब्यानरमा भूषण कुमार र किशन कुमारले निर्माण गरेको आदिपुरुषको निर्देशन ओम राउतले गरेका छन् । यो फिल्म २०२२ मा थिएटरमा रिलिज हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.