सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान


  •    /२७ असार २०७६, शुक्रबार २२:४२ 
  • काठमाडौँ । यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना गीतकार, गायक र सङ्गीतकारलाई प्रदान गरिएको छ । गीत रचनातर्फ बुद्धवीर लामा, गायनतर्फ यम बराल, विशेष सम्मानतर्फ तीर्थकुमारी थापालाई प्रदान गरियो । सम्मानका साथ जनही रु ५० हजार र सम्मानपत्र छ । यस्तै सङ्गीततर्फ बद्री खरेल र दुर्गा खरेललाई संयुक्त रुपमा रु ५० हजार र सम्मानपत्र तथा नवप्रतिभा पुरस्कारतर्फ प्रकाश सपूत र शान्तिश्री परियारलाई संयुक्त रुपमा रु ४० हजार र सम्मानपत्रले प्रदान गरियो ।

    गीतकार रमोलादेवी शाह छिन्नलताको ९७ औँ जन्मजयन्तीका अवसरमा छिन्नतला गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा पुरस्कृत कलाकारले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दा दर्शकले निकै मनोरञ्जन लिए । कलाकार थापाले ‘म त खाँदिन कुवाको पानी’ बोलको गीत प्रस्तुति दिनुभयो । खरेल दाजुभाइले ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’, गायक बरालले ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘दिलमाया दिलमाया’ ‘हेर्दाहेर्दै अर्कैकी भैहाली’ बोलको गीत पस्किनुभयो । बरालले गायिका तथा राष्ट्रियसभा सदस्य कोमल ओलीसँग ‘माया बस्यो मुटुमा’ बोलको गीत गाउनुभयो ।

    नवप्रतिभाबाट पुरस्कृत सपूत र परियारले ‘बोलमाया’ र ‘गलबन्दी’ बोलको गीत गाउँदा दर्शकले उत्तिकै मनोरञ्जन लिए । छैसठ्ठी वर्षीया थापाका कालजयी गीत र नयाँ पुस्ताका कलाकारको संयोजनले कार्यक्रमको महत्वलाई बढाएको थियो ।

    सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कलाकारिता राजनीतिक क्षेत्रका अगुवालाई समेत दिशा निर्देश गर्ने पेशा भएको बताउँदै हजार भाषणभन्दा कलाकारको एउटा गीत शक्तिशाली हुने विचार व्यक्त गर्नुभयो ।

    अर्काे प्रसङ्गम उहाँले गुठीको विकासका लागि आफ्नातर्फबाट भरपूर सहयोग रहने बताउनुभयो । “म यो गुठीको सदस्यको रुपमा रहन चाहन्छु”, उहाँले भन्नुभयो, “ मलाई मनैबाट यो संस्थामा जोडिन र सहयोग गर्ने इच्छा जाग्यो ।”

    सम्मानित रचनाकार लामाले गीतसङ्गीतले राजनीतिक परिवर्तन ल्याउनमा समेत भूमिका खेल्ने बताउनुभयो । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठी, सचिव ठाकुरप्रसाद पराजुली र कलाकार नरेश भट्टराईले विशिष्ट योगदान गरेका कलाकारलाई प्रदान गरिने छिन्नलता गीत पुरस्कारको नेपाली गीतसङ्गीत क्षेत्रमा छुट्टै महत्व रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.