सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान


  •    /२७ असार २०७६, शुक्रबार २२:४२ 
  • काठमाडौँ । यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना गीतकार, गायक र सङ्गीतकारलाई प्रदान गरिएको छ । गीत रचनातर्फ बुद्धवीर लामा, गायनतर्फ यम बराल, विशेष सम्मानतर्फ तीर्थकुमारी थापालाई प्रदान गरियो । सम्मानका साथ जनही रु ५० हजार र सम्मानपत्र छ । यस्तै सङ्गीततर्फ बद्री खरेल र दुर्गा खरेललाई संयुक्त रुपमा रु ५० हजार र सम्मानपत्र तथा नवप्रतिभा पुरस्कारतर्फ प्रकाश सपूत र शान्तिश्री परियारलाई संयुक्त रुपमा रु ४० हजार र सम्मानपत्रले प्रदान गरियो ।

    गीतकार रमोलादेवी शाह छिन्नलताको ९७ औँ जन्मजयन्तीका अवसरमा छिन्नतला गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा पुरस्कृत कलाकारले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दा दर्शकले निकै मनोरञ्जन लिए । कलाकार थापाले ‘म त खाँदिन कुवाको पानी’ बोलको गीत प्रस्तुति दिनुभयो । खरेल दाजुभाइले ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’, गायक बरालले ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘दिलमाया दिलमाया’ ‘हेर्दाहेर्दै अर्कैकी भैहाली’ बोलको गीत पस्किनुभयो । बरालले गायिका तथा राष्ट्रियसभा सदस्य कोमल ओलीसँग ‘माया बस्यो मुटुमा’ बोलको गीत गाउनुभयो ।

    नवप्रतिभाबाट पुरस्कृत सपूत र परियारले ‘बोलमाया’ र ‘गलबन्दी’ बोलको गीत गाउँदा दर्शकले उत्तिकै मनोरञ्जन लिए । छैसठ्ठी वर्षीया थापाका कालजयी गीत र नयाँ पुस्ताका कलाकारको संयोजनले कार्यक्रमको महत्वलाई बढाएको थियो ।

    सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कलाकारिता राजनीतिक क्षेत्रका अगुवालाई समेत दिशा निर्देश गर्ने पेशा भएको बताउँदै हजार भाषणभन्दा कलाकारको एउटा गीत शक्तिशाली हुने विचार व्यक्त गर्नुभयो ।

    अर्काे प्रसङ्गम उहाँले गुठीको विकासका लागि आफ्नातर्फबाट भरपूर सहयोग रहने बताउनुभयो । “म यो गुठीको सदस्यको रुपमा रहन चाहन्छु”, उहाँले भन्नुभयो, “ मलाई मनैबाट यो संस्थामा जोडिन र सहयोग गर्ने इच्छा जाग्यो ।”

    सम्मानित रचनाकार लामाले गीतसङ्गीतले राजनीतिक परिवर्तन ल्याउनमा समेत भूमिका खेल्ने बताउनुभयो । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठी, सचिव ठाकुरप्रसाद पराजुली र कलाकार नरेश भट्टराईले विशिष्ट योगदान गरेका कलाकारलाई प्रदान गरिने छिन्नलता गीत पुरस्कारको नेपाली गीतसङ्गीत क्षेत्रमा छुट्टै महत्व रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.