सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिमस्टेक दिवसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको सन्देश : महामारीविरुद्ध एकजुट हुन आह्वान


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १३:३८ 
  • काठमाडौं, २३ जेठ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)ले आइतबार २४ औं स्थापना दिवस मनाउँदै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बिमस्टेकका अन्य सदस्य मुलुकका सरकार प्रमुखले शुभकामना सन्देशहरु व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीविरुद्ध सबै सदस्य मुलुक एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    खोप नै अहिलेको महामारी समाधानको प्रमुख प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री ओलीले समयमै खोप लगाउन र सुनिश्चित गर्नका लागि बिमस्टेक क्षेत्रले थप प्रयत्न गर्नु जरुरी रहेको बताएका छन् ।

    महामारीले लाखौं विद्यार्थीको भविष्य जोखिममा परेको बताउँदै प्रधानमन्त्रीले ओलीले नेपालले विद्यार्थीको भविष्यलाई लिएर कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।

    स्वास्थ्य प्रणालीको आदानप्रदान, व्यापार तथा प्रविधि, विज्ञान तथा अन्वेषणको साझेदारिताले मात्र अहिलेको समस्या समाधान हुने ओलीको जोड छ । विश्व जनसंख्यामध्ये २२ प्रतिशतको घर समेत रहेको बिमस्टेक क्षेत्र अथाह सम्भावनाको थलो भएकाले यसतर्फ मिलेर अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

    अगस्ट २०१८ मा काठमाडौंमा जारी गरिएको बिमस्टेक घोषणापत्रले आत्मसात गरेको शान्ति, समृद्ध र दिगो बिमस्टेक क्षेत्रलाई लिएर नेपाल प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आगामी बिमस्टेक सम्मेलन संस्थागत सृद्धढीकरण, सदस्य राष्ट्रबीच बहुपक्षीय साझेदारितामा केन्द्रित हुने विश्वास पनि ओलीले लिएका छन् ।

    यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले पनि बिमस्टेक दिवसको अवसरमा सन्देश जारी गर्दै महामारीविरुद्ध एकजुट हुने बेला आएको बताएका छन् । एकजुट भएर नै महामारलाई जित्न सकिने मोदीको भनाई छ ।

    बिमस्टेक अध्यक्षको हैसियतमा श्रीलंकाले नेतृत्वदायी भूमिका खेल्न सक्नेमा मोदीले आशा समेत व्यक्त गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले बंगालको खाडीको साझेदारितामा जोड दिएका छन् । दक्षिण र दक्षिण पूर्वी एसियाबीच बिमस्टेक पुल बन्ने सक्ने उनले बताएका छन् ।

    बिमस्टेक अध्यक्ष श्रीलंकाले पनि विज्ञप्ती जारी गर्दै कोभिड महामारी सामान्य रहे यसैवर्षको अन्त्यमा पाँचौ सम्मेलन गर्न सकिने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.