सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीवासीका लागि कालो दिन ‘बाँदरमुढे घटना’ को १६ वर्ष पूरा, पीडित भन्छन् –न्याय पाईएन


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार ०८:३६ 
  • चितवन, २३  जेठ । चितवनको माडीमा तत्कालीन नेकपा (माओवादी) ले सर्वसाधारण सवार यात्रुबाहक बसमा बम बिस्फोट गराई नरसंहार गरेको आज आईतबार १६ वर्ष पूरा भएको छ । विसं २०६२ जेठ २३ गते भएको बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

    उक्त घटनाका पीडितले अझै न्याय पाउन सकेका छ्रैनन् । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय पाउने आश मर्दै गरेको बताउनुहुन्छ । उहाँले प्रश्न गर्दै भन्नुभयो “नेपालमा न्यायलय छ कि छैन, सरकार छ कि छैन ?” उहाँले पीडितका लागि सरकार र न्याय कुनै पनि नदेखिएको बताउँदै अगाडि भन्नुभयो “न्याय पाईएन ।”

    अहिले पनि घटनाका घाईते अपाङ्ग, औषधि सेवन गरिरहेका बताउँदै उनीहरुलाई राज्यले नहरेको बताउनुभयो । घटना यता ६ जना घाईतेको उचित उपचार नहुँदा मृत्यु भएको बताउँदै भन्नुभयो “अझै कति जनाको खुट्टामा स्टिल छ, कतिपय ढाँड भाँचिएर बेल्टको साहारामा हिड्नु परेको छ ।”

    न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताउँदै आएका छन् । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना २ ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए । घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको अधिकारीले जानकारी दिनुभयो ।

    उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सांसद हुनुहुन्छ । निर्वाचनको बेला विभिन्न आश्वासन दिएको भए पनि ती कार्यान्वयन हुन नसकेको पीडितहरुको गुनासो छ ।

    युद्धका नाममा भएको जघन्य अपराध : रामप्रसाद न्यौपाने

    युद्दका नाममा भएका थुप्रै अपराध मध्येको जघन्य अपराध भएको दिन हो जेठ २३ । घरबाट बसन्तपुर पुगेको मात्रै थिए ,ड्याम्म ठुलो आवाजमा पड्क्यो , के हो भन्दै आवाज आएको ठाउँ तिर म र मेरो साथी श्री दवाडी मोटरसाइकलमा दौडियौं । साविक कल्याणपुर १ पुग्दानपुग्दै बाँदरमुढेमा बम विष्फोट भएको थाहा भयो , तुरून्तै पुगियो , कोलाहल थियो । चकमन्न लाग्यो, समाल्नै नसकिने र पनि श्री जिलाइ थारू गाउँमा गएर गाडा पठाउनु भन्दै उद्दारमा लागे । घाइते मान्छेहरू रोइरहेका थिए, के भयो भन्दै हेर्न आएका ब्यक्तिहरूको मोटरसाइकल, साइकलमा मान्छेहरूलाई बसन्तपुर हेल्थ सेन्टर पठाइयो । छिट्टै वसन्तपुर थारू गाउँका साथीहरूको गाडा आयो । त्यसले उद्दारमा ठुलो सहयोग मिल्यो । लास लिकाल्ने क्रममा खुट्टा समातेर उचाल्दा खुट्टामात्रै आउने, शरिरहरू क्षतविक्षत, ओहो कति कहालीलाग्दो थियो त्यो अवस्था ? त्यो घटनालाई सम्झदा अहिले पनि जिरिङ्ग हुन्छ ।

    युद्धका नाममा यि र यस्ता अपराधहरू कहि नघटुन र माफी लायक नबनुन् । १६ बर्ष बितिसके छ त्यो कालो दिन, न्याय नमरोस् भनेर अहिले पनि वाचेकाहरूले कामना गरिरहेका छन् । भावपूर्ण श्रद्धाञ्जली मृत्युवरण गर्नुभएकालाई र घाइतेहरू जो बाचेर पनि कष्टकर अवस्थामा हुनुहुन्छ, सबैको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। दोषीहरूलार्इ कारवाही भएको सुन्ने र देख्ने ति सबैको चाहना पूरा होस् , परिवर्तनका नाममा जनता मार्ने काम सधैका लागि अन्त होस्। (माडीका स्थायी बासिन्दा न्यौपानेको भनाई जस्ताको जस्तै)

     

     

    फाईल तस्वीर

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.