माडीवासीका लागि कालो दिन ‘बाँदरमुढे घटना’ को १६ वर्ष पूरा, पीडित भन्छन् –न्याय पाईएन
न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार ०८:३६
चितवन, २३ जेठ । चितवनको माडीमा तत्कालीन नेकपा (माओवादी) ले सर्वसाधारण सवार यात्रुबाहक बसमा बम बिस्फोट गराई नरसंहार गरेको आज आईतबार १६ वर्ष पूरा भएको छ । विसं २०६२ जेठ २३ गते भएको बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
उक्त घटनाका पीडितले अझै न्याय पाउन सकेका छ्रैनन् । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय पाउने आश मर्दै गरेको बताउनुहुन्छ । उहाँले प्रश्न गर्दै भन्नुभयो “नेपालमा न्यायलय छ कि छैन, सरकार छ कि छैन ?” उहाँले पीडितका लागि सरकार र न्याय कुनै पनि नदेखिएको बताउँदै अगाडि भन्नुभयो “न्याय पाईएन ।”
अहिले पनि घटनाका घाईते अपाङ्ग, औषधि सेवन गरिरहेका बताउँदै उनीहरुलाई राज्यले नहरेको बताउनुभयो । घटना यता ६ जना घाईतेको उचित उपचार नहुँदा मृत्यु भएको बताउँदै भन्नुभयो “अझै कति जनाको खुट्टामा स्टिल छ, कतिपय ढाँड भाँचिएर बेल्टको साहारामा हिड्नु परेको छ ।”
न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताउँदै आएका छन् । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना २ ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए । घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको अधिकारीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सांसद हुनुहुन्छ । निर्वाचनको बेला विभिन्न आश्वासन दिएको भए पनि ती कार्यान्वयन हुन नसकेको पीडितहरुको गुनासो छ ।
युद्धका नाममा भएको जघन्य अपराध : रामप्रसाद न्यौपाने
युद्दका नाममा भएका थुप्रै अपराध मध्येको जघन्य अपराध भएको दिन हो जेठ २३ । घरबाट बसन्तपुर पुगेको मात्रै थिए ,ड्याम्म ठुलो आवाजमा पड्क्यो , के हो भन्दै आवाज आएको ठाउँ तिर म र मेरो साथी श्री दवाडी मोटरसाइकलमा दौडियौं । साविक कल्याणपुर १ पुग्दानपुग्दै बाँदरमुढेमा बम विष्फोट भएको थाहा भयो , तुरून्तै पुगियो , कोलाहल थियो । चकमन्न लाग्यो, समाल्नै नसकिने र पनि श्री जिलाइ थारू गाउँमा गएर गाडा पठाउनु भन्दै उद्दारमा लागे । घाइते मान्छेहरू रोइरहेका थिए, के भयो भन्दै हेर्न आएका ब्यक्तिहरूको मोटरसाइकल, साइकलमा मान्छेहरूलाई बसन्तपुर हेल्थ सेन्टर पठाइयो । छिट्टै वसन्तपुर थारू गाउँका साथीहरूको गाडा आयो । त्यसले उद्दारमा ठुलो सहयोग मिल्यो । लास लिकाल्ने क्रममा खुट्टा समातेर उचाल्दा खुट्टामात्रै आउने, शरिरहरू क्षतविक्षत, ओहो कति कहालीलाग्दो थियो त्यो अवस्था ? त्यो घटनालाई सम्झदा अहिले पनि जिरिङ्ग हुन्छ ।
युद्धका नाममा यि र यस्ता अपराधहरू कहि नघटुन र माफी लायक नबनुन् । १६ बर्ष बितिसके छ त्यो कालो दिन, न्याय नमरोस् भनेर अहिले पनि वाचेकाहरूले कामना गरिरहेका छन् । भावपूर्ण श्रद्धाञ्जली मृत्युवरण गर्नुभएकालाई र घाइतेहरू जो बाचेर पनि कष्टकर अवस्थामा हुनुहुन्छ, सबैको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। दोषीहरूलार्इ कारवाही भएको सुन्ने र देख्ने ति सबैको चाहना पूरा होस् , परिवर्तनका नाममा जनता मार्ने काम सधैका लागि अन्त होस्। (माडीका स्थायी बासिन्दा न्यौपानेको भनाई जस्ताको जस्तै)

फाईल तस्वीर