सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि तीन देशका लागि हवाई उडान खुला


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १३:२९ 
  • काठमाडौं,१८ जेठ। सरकारको निर्णयानुसार मंगलबार (आज) देखि लागु हुनेगरी तीन देशका लागि हवाई उडान खुला भएको छ।

    सिमित संख्यामा उडान सञ्चालन गर्ने गरी तीन देशहरु चीन, टर्की र कतारका लागि उडान खुला भएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुला हुने छ।

    उनले यसै साताबाट तीनवटै स्थानमा उडान सुरु गर्नेगरी तयारी अघि बढीरहेको बताए।

    यसअघि बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।

    यो सँगै अब चार वटा देशमा सिमित मात्रामा उडान अवतरण खुला भएको छ।

    यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान गर्दै आएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.