एमाले स्थायी कमिटी बैठक जारी, थप नेताहरुमाथि कारवाही नहुने
न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १३:२४
काठमाडौं,१८ जेठ । बिहान ११ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटीको बैठक दुई घण्टा ढिला शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जसपासँगको पछिल्लो वार्ता प्रक्रिया,पार्टी एकताका लागि भएका प्रयास र बजेटका बारेमा छलफल हुँदैछ ।
कार्यदलमा रहेका नेताहरुले माधव नेपाल पक्षका नेताहरुसँग सोमवार मध्यरातसम्म पनि वार्ता गरेका थिए । वार्ता प्रक्रिया सकारात्मक रहेकाले अहिले थप नेताहरुमाथि कारवाही नहुने बताइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका विघटित प्रतिनिधिसभाका १२ जना सांसदमाथि कारवाही गर्ने एजेण्डा बैठकमा नरहेको बताएका छन् । उनले भने, ‘कोही व्यक्तिगत रूपमा पार्टी छोडेर गए एउटा कुरा नत्र कोहि पनि सदस्य बाहिर जाओस् भन्ने पार्टी चाहदैन ।’
पार्टीविरुद्ध गतिविधि गरेको, कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर राष्ट्रपतिसमक्ष र अदालत गएको तथा ह्वीप उल्लंघन गरेको जस्ता अभियोगमा झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।
सुृरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई एमालेले स्पष्टीकरण सोधेको छ । तर, उनीहरुले बुझाएका छैनन् ।