सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १२:५४ 
  • कास्की, १८ जेठ ।  सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ ।

    अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए ।

    यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् भने अन्य अस्पतालको ‘सिफारिस’ अस्पतालसमेत हो । अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्यले अस्पतालमा सञ्चालित बीमालगायतका सबै ओेपिडी सेवा पूर्ववत् अवस्थामा सञ्चालन गरिने जानकारी दिनुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको थियो । पश्चिमाञ्चल अस्पतालमा हाल कोरोनाका बिरामीको उपचारका लागि ३५ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, छ भेन्टिलेटर र २५ वटा एचडीयू शय्या सञ्चालनमा छन् ।

    अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.