सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको निर्णय संविधानसम्मत : जिफन्ट


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १२:१८ 
  • काठमाडौं, १८ जेठ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको जायज निर्णयका विरुद्धमा उभिनु संवैधानिक प्रावधानको विरुद्ध हुने ठहर गरेको छ ।

    मध्यावधि निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने गरी सरकार बनाउन सकिने भएकाले यसविरुद्ध उभिनु संविधान तथा संसदीय अभ्यास र प्रणालीकै विरुद्ध हुने जिफन्टको निष्कर्ष छ ।

    जिफन्टका महासचिव जनक चौधरीले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट आक्रान्त मानवजातिलाई मुक्ति दिलाउन संघर्ष गरिरहेको समयमा नेपालका राजनीतिक दलहरूमा देखिएको अस्वभाविक तथा अमर्यादित खिचलोले आम जनतालाई निराश बनाउने तथा दुनियाँ हसाउने काम गरेको जनाएका छन् ।

    विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतका प्रतिनिधिसभा सदस्यहरु बहुमत सांसद रहेको दावी गर्दै अदालत पुगेपनि त्यो वस्तुत: अल्पमत नै रहेको र संसदीय प्रकृयामा संसदीय ह्वीप कार्यान्वयन गर्दाको अवस्थामा स्वत: अल्पमतमा पर्ने जिकिर गरिएको छ ।

    जारी राजनीतिक उल्झनमा कतिपय ट्रेड यूनियनहरू समेत परेको भन्दै यसबाट श्रम बजारमा गलत सन्देश जाने र आम श्रमिक जनतामा अन्योल सिर्जना हुने भएकाले वर्तमान राजनीतिक अवस्थालाई स्पष्ट पार्न जिफन्टले माग गरेको छ ।

    संवैधानिक र कानूनी व्यवस्था अनुसार राजनीतिक दलको नेताबाट नै दलको प्रतिनिधित्व हुने भएकाले नेकपा एमाले र जसपाको तर्फबाट सरकारको नेतृत्वमा केपी शर्मा ओलीको नाम प्रस्ताव गरिएको पनि जिफन्टले जनाएको छ । तर, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दल विभाजन नभएको अवस्थामा नेकपा एमालेका २६ तथा जसपाका १२ जना सांसदको समेत हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेको, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दावीलाई अस्वीकार गर्दा संविधानको धारा ७६ (७) अन्तर्गतको अवस्था उत्पन्न भएको र प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको विज्ञप्तिमा भनिएको छ ।

    ‘लोकतन्त्रको सुदृढीकरणका लागि हरेक दलको विधानसम्मत अनुशासन पालना गर्नुको विकल्प नभएको हुँदा संवैधानिक र कानूनी व्यवस्थालाई आफ्नो ईच्छा अनुकूल व्याख्या गर्ने र जनताबीच गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई कमिटी प्रणाली अनुसार नियन्त्रण तथा व्यवस्थित गर्दै राजनीतिक अराजकता अन्त्य र सुदृढ लोकतन्त्रको लागि एकतावद्द भएर उभिन सवै कमिटी, सदस्य तथा शुभचिन्तकहरूलाई अपिल गर्दछौं’, जिफन्टले भनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.