सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग व्यवसायमा युवाको आकर्षण बढ्दै


  •    /१५ असार २०७६, आईतवार १५:३३ 
  •    नारायण अधिकारी/रासस

    चितवन । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ ।

    विदेशमा सिकेको सीपको उपयोग गर्ने र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले व्यापार गर्ने पनि बढ्दै गएका छन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेका अनुसार सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेको घिमिरे बताउनुहुन्छ ।

    सरकारले युवा उद्यमीलाई लक्षित गरी अहिलेको दर्ता प्रक्रियाको झण्झटिलो अवस्थालाई सहजीकरण गरिदिने, ऋणमा अनुदान दिने, युवालाई उत्प्रेरणा दिन सकेमा युवाको आकर्षण नेपाल बन्ने घिमिरेको ठम्याइ रहेको छ ।

    मञ्चका निवर्तमान अध्यक्ष नीरञ्जन न्यौपाने उद्योग व्यवसायमा अहिले ७५ प्रतिशत युवा रहेको बताउनुहुन्छ । विदेशमा सिकेको सीपलाई यहाँ फर्किएर उद्योग व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको न्यौपानेको भनाई छ । वैदेशिक रोजगारतर्फको आकर्षणभन्दा यहीँ केही गरौँ भन्ने भावनाको विकास हुँदै जाँदा पनि युवाहरु उद्यमी व्यवसायी बन्दै गएको देखिन्छ । न्यौपाने सरकारले उद्योग व्यवसायको सुपरीवेक्षण गरी आवश्यक सहयोग गर्ने र युवा उद्यमीलाई परियोजनाका आधारमा लगानी गरेर ब्याजमा अनुदान दिन सकेमा विदेश जाने युवाको सङ्ख्यामा कमी आउने बताउनुहुन्छ ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार राजनीतिक अन्योल हटेसँगै उद्योग व्यवसाय सञ्चालन गर्नेक्रम बढेकाले युवाको आकर्षण बढेको हो । लगानीको वातावरण बन्दै जाँदा युवा आकर्षित बन्दै गएका छन् । उहाँ लगानीको सुरक्षा सरकारले गरिदिनुपर्ने भन्दै सहयोग गर्न सकेमा स्वदेशमा युवाको लगानी बढेर जाने बताउनुहुन्छ । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास युवामा हुन थालेको प्रधानको भनाई छ ।

    उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले सङ्घमा पछिल्लो समय ४० जना नयाँ उद्यमी थपिएको बताउनुभयो । विदेशमा हुने दुःखका बारेमा जानकारी भएसँगै यहीँ केही गर्नुपर्छ भन्ने भावनको विकास युवामा हुन थालेको उहाँको भनाइ छ । युवामा राष्ट्रवादको भावनाको विकासले पनि यहीँ उद्योग व्यवसाय गर्नेक्रम बढेको पौडेलको धारणा छ ।

    उत्पादनका आधारमा ब्याजमा अनुदान दिन सकेमा युवा थप आकर्षित हुने उहाँको बुझाइ छ । स्वदेश फर्किएर आफूले जानेको सीपअनुसार काम गर्नेको सङ्ख्या जिल्लामा उल्लेख्य बढ्दै गएको छ । स्वदेशकै उद्योग व्यवसायमा काम सिकेर आफैँ उद्यमी बन्ने युवाको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ ।

    नारायणगढको भेटघाट रेष्टुरेन्टमा १० वर्ष काम गरेका स्थानीय कृष्ण भट्टले त्यहीको अनुभवले दुई वटा होटल सञ्चालनमा ल्याउनुभएको छ । भट्टले भन्नुभयो, “मेहनतका साथ काम गर्यो भने यहीँ धेरै गर्न सकिन्छ ।”

    युवा उद्यमी मञ्चका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा बुबाको पुरानो व्यवसायलाई विस्तारका क्रममा जुट्नुभएको छ । उहाँको बुबाले थालेको नारायणगढको वैष्णव मिष्ठान्न भण्डारको शाखा विस्तार गर्दै सापकोटाले चार वटा पुर्याउनुभएको छ । निकट भविश्यमा नै शाखा विस्तार गर्ने सापकोटाको भनाइ छ । युवाले अवसर पाए भने गर्न सक्छन् भन्ने गतिलो उदाहरण सापकोटाले पनि दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.