सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपा नेताले प्रधानमन्त्रीलाई भने–विश्वासको मत दिँदैनौं


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १२:३० 
  • काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम मानिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ। आइबार प्रधानमन्त्री ओलीसँग भएको छलफलमा नेताद्वयले आफूले विश्वासको मत नदिने जानकारी गराएका हुन्।

    आफूहरुको माग सम्वोधन नभइसकेको भन्दै जसपा वरिष्ठ नेता राजेन्द्र महताले आफूहरुले विश्वासको मत नदिने र तटस्थ बस्ने बताएका थिए। प्रधानमन्त्री ओलीले भोलि (सोमबार) संसदमा विश्वासको मत लिँदैछन्।

    त्यसको अघिल्लो दिन जसपा नेताहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले विश्वासको मत के गर्नुहुन्छ भन्ने विषयमा चासो राखेपछि जसपा नेताहरुले आफूहरुले विश्वासको मत नदिने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

    ‘प्रधानमन्त्रीले विश्वासको मत के गर्नुहुन्छ भनेर सोध्नु भयो, उहाँले विश्वासको मत माग्नु भएन,’ अध्यक्ष ठाकुर निकट स्रोतले भन्यो, ‘हामीले अहिले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्छौं भन्यौ।’

    जसपाले एमाले एकजुट नभएको र आफूहरुसँग निर्णायक संख्या नभएको भन्दै विश्वासको मत नदिने बरु तटस्थ बस्ने नीति लिएको हो। त्यसो गर्दा जसपाभित्रको विवाद थप नचर्किने र पार्टी विभाजनबाट रोकिने जसपा नेताहरुको विश्वास छ।

    प्रधानमन्त्री ओलीसँग छलफल गर्नु अघि ठाकुर र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग करिव डेढ घण्टा छलफल गरेका थिए। उनीहरुले पनि कांग्रेस सभापतिसँग पनि आफूहरु तटस्थ बस्ने जानकारी गराएका थिए।

    छलफलमा अध्यक्ष ठाकुरले देउवालाई कांग्रेसले समर्थन पनि नगर्ने अविश्वासको प्रस्ताव पनि नल्याएर प्रधानमन्त्रीलाई नै सहयोग गरिरहेको टिप्पणी गरेका थिए। ‘अहिले नेकपा एमाले एकजुट छैन,’ ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीसँग निर्णयक संख्या छैन। अहिले जसपाले कुनै निर्णय गरिसकेको पनि छैन। हामी तटस्थ बस्ने संभावना बढी छ।’

    उनले उपेन्द्र यादवतर्फ लक्षित गर्दै कसैले विश्वासको मतको विपक्षमा मतदान गर्छु भनेको भए त्यो व्यक्तिगत धारणा मात्रै हुने बताएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.