सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाही सीमा क्षेत्रका मदिरा पसलमा भीड


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १३:३९ 
  • सर्लाही, २४ वैशाख । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् ।

    सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् ।

    पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् । यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

    भारतको विहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् । हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ ।

    यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन् । यसरी सीमा नाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो । सीमा क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरु खुलिरहेकाले सुरक्षाको दृष्टिले कस्ता मानिसको आवतजावत छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.