सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नोट्र-डाम आगलागी: आगो निभाइयो, पुनर्निर्माणका लागि दानको ओइरो


  •    /३ बैशाख २०७६, मंगलवार १८:३४ 
  • बिबिसी

    फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले भीषण आगलागीबाट आंशिक रूपमा क्षति पुगेको प्यारिसस्थित विख्यात मध्ययुगीन गिर्जाघर, नोट्र-डाम कथिड्रल,लाई पुन:निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    ढुंगाबाट निर्मित ८५० वर्ष पुरानो उक्त गोथिक शैलीको भवनलाई पूर्ण रूपमा नष्ट हुनबाट अग्निनियन्त्रकहरूले जोगाएका छन् तर त्यसको अग्लो गजुर र छत भने भत्किएको छ।

    मंगलवार बिहान आगो पूर्ण रूपमा निभाइसकिँदा उक्त गिर्जाघरको पुनर्निर्माणका लागि संसारभरीबाट करोडौँ डलर दान दिइने प्रतिबद्धता प्राप्त भएका थिए।

    आगलागीको कारण भने थाहा हुन सकेको छैन।

    प्यारिसस्थित सरकारी अभियोजनकर्ताको कार्यालयले हाल उक्त आगलागीलाई एक दुर्घटनाका रूपमा लिएर अनुसन्धान थालिएको बताएको छ।

    अधिकारीहरूले आगलगीको सम्बन्ध उक्त गिर्जाघरमा भैरहेको विस्तृत पुनर्निर्माणको कामसँग हुन सक्ने बताएका छन्।

    आगो कसरी फैलियो?
    स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगो छिट्टै कथिड्रलको छानासम्म फैलियो।

    कथिड्रलको प्रसिद्ध सुरिलो गजुर भत्केर खस्नु अघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।

    एउटा बेल टावरलाई जोगाउने प्रयासमा झन्डै पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए।

    त्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट “जोगाउन र संरक्षण गर्न” सफल भएको बताए।

    प्यारिसका उपमेयरले भवनमा “व्यापक क्षति” भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताएका थिए।

    फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासविद्‌ कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।

    “आठ सय वर्षदेखि प्यारिसमा नोट्र-डाम कथिड्रल हेरिँदै आएको छ। शताब्दिऔँदेखि सुख र दुःख सबै घटनामा नोट्रु-डामको घण्ट बज्दै आएको थियो।”

    उनले थपे, “हामी आजको दृश्य स्तब्ध मात्र हुन सक्छौँ।”

    मानिसहरूको प्रतिक्रिया

    आगलागीको दृश्य हेर्न हजारौँ मानिस कथिड्रल वरिपरिका सडकमा भेला भएका थिए।

    कतिपय मानिसहरू रोइरहेको देखिएको थियो भने कतिपयले प्रार्थना गरिरहेका थिए।

    प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।

    फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरेका थिए।

    तस्वीर REUTERS

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.