चितवन, २२ वैशाख । बैंकहरुमा सेवाग्राहीको भिड बढेपछि चितवनन प्रशासनले कडाई गरेको छ । प्रशासनले वैशाख २३ गतेदेखि बैंक तथा वित्तिय संस्थामा कार्यरत आधा कर्मचारीबाट मात्र सेवा प्रवाह गर्न भनेको छ ।
जिल्ला कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आज बुधबार सम्पन्न बैठकले “भौतिक दूरी कायम हुने जनस्वास्थयका मापदण्ड पालना हुने सुनिश्चितता गरी कार्यरत कर्मचारीको आधार कर्मचारीबाट सेवा प्रवाह गर्ने र सोको विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने” निर्णय गरेको छ ।
बैठकले बैंकका एटिएम बुथहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न बुथका ढोकाहरु खुल्ला राखी स्यानिटाइजर एवं टिस्यु पेप्परको व्यवस्था गर्न निर्देशन गरेको छ ।
यस्तै बैंकहरुले एकदिन बिराएर आलोपालो सेवा प्रदान गर्न समेत प्रशासनले निर्देशन गरेको छ । भरतपुर महानगरपालिकाभित्रको हकमा एकभन्दा बढी शाखा हुने बैंकहरुले एउटा शाखाबाट मात्रै ट्रेलर संख्या बढाई सेवा प्रवाह गर्न निर्देशन गरेको छ । बैंकले बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्र सेवा प्रवाह गर्न पाइने निर्णयमा उल्लेख छ ।

dccmc_78_1_22_web