सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बँदेलको आक्रमणबाट एकको मृत्यु, दुई जना डुबेर बेपत्ता


  •    न्युजभित्तो/१८ बैशाख २०७८, शनिबार ०९:४० 
  • चितवन, १८ वैशाख । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

    डुबेर मृत्यु

    माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

    त्रिशूलीमा बेपत्ता

    त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपलिका–१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार त्रिशूलीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.