सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुलिखेल नगरपालिकाद्वारा कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १४:०९ 
  • बनेपा, १७ वैशाख । कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ ।

    नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई कोभिड १९ का लक्षण देखिएमा वडा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । वडा ३, ४, ५, ६ र ७ मा कोरोना भाइरस सङ्क्रमण अत्यधिक देखापरेकोले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । नगरपालिका क्षेत्रभित्र सरकारको मापदण्ड बमोजिम भिडभाड र ठूला जमघट नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन आग्रह गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिनुभयो । नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनावश्यक घुमफिर, भेला तथा भोज जस्त कार्य नगर्न आग्रह गरेको छ ।

    यसैबीच पनौती नगरपालिकाले वडा नं. १० मा कोरोनाको सङ्क्रमित बढी देखिएको भन्दै थप फैलन नदिन कन्टयाक्ट ट्रेसिङको काम भइरहेको हुँदा सो कार्य सम्पन्न नभएसम्मको लागि पूर्वमा पनौती विद्युत गृहको पुल, पश्चिममा किटनी फट्केश्वर रोशी खोला पुल, उत्तरमा कृषि सेवा केन्द्रसँगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल क्षेत्र शिल गरिएको जनाएको छ । वैशाख १४ र १५ गतेसो क्षेत्रमा २७ जनामा सङ्क्रमण देखिएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.