सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकाकोे नीति तथा कार्यक्रम सार्वजनिक : सिद्धिमा गरिबलाई एक सय आवास निर्माण गरिने


  •    /४ असार २०७६, बुधबार १९:५३ 
  • चितवन । जिल्लाको कालिका नगरपालिकाले गरिबलाई घर निर्माण लगायतका योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गरीबलाई घर दिन मेयर आवास कार्यक्रम ल्याइएको छ ।

    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले आगामी आर्थिक वर्षदेखि मेयर आवास कार्यक्रम सुरुवात गरिने बताउनुभयो । नगरको विकट क्षेत्र सिद्धिबाट यो कार्यक्रम सुरु हुने छ । सिद्धिमा एक सय घर निर्माण गर्ने नीति लिईएको प्रमुख श्रेष्ठले बताउनुभयो । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर भूमिहिन बाढीपीडित र अव्यवस्थित रुपमा बसोबास गरेकाहरुलाई जनताको आवास हक सुनिश्चित गर्ने उद्देश्यका साथ मेयर आवास कार्यक्रम लागू गरिने उहाँको भनाई छ ।

    कालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिने जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यातायातको व्यवस्थादेखि एक विद्यालय एक फुलबारी कार्यक्रम समेत संचालन गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै विद्यार्थी भर्ना प्रोत्साहन, दिवा खाजा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । “शिक्षा विना नगर समृद्ध बन्न सक्दैन” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “नगरको शैक्षिक गुणस्तर बढाउन शिक्षक शिक्षिकाको क्षमता विकासदेखि विद्यालयको भौतिक पूर्वाधारमा सुधार र यातायातको व्यवस्था गरिनेछ ।”

    नगरपालिकाको शैक्षिक गुणस्तरमा भूमिका निर्वाह गर्ने शिक्षकहरु र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ । यसैगरी नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकी पु¥याउने नीति अवलम्वन गरिने जनाएको छ । नगर भित्र १५ शैयाको अस्पताल निर्माण, सञ्चालन गरी विषेशज्ञ डाक्टरको सेवा प्रवाह गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगर समृद्धीको आधार पशुपालन र कृषि क्षेत्र भएकाले यसको विकास गर्ने कालिका नगरपालिकाले नीति लिएको छ । महिलाहरुको सम्पत्तीमाथिको अधिकार मात्र नभई पूँजीमाथी समेत अधिकार स्थापित गर्न महिलाहरुलाई उद्यमी बनाउन सशक्तिकरण गर्दै लैजाने नीति लिईएको छ ।

    नगर भित्र रहेको पर्यटकीय क्षेत्रलाई विकास गर्ने नगरपालिकाले जनाएको छ । सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, चेपाङ बस्तीमा होमस्टे तथा उपरदाङगढीसम्मको हाईकिङको व्यवस्था गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । नगर सभामा नगर प्रमुख श्रेष्ठले ६७ बुँदे नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

    बुँदाहरुमा नगर सभाको अर्को वैठकमा छलफल हुने नगरपालिकाका उपप्रमुख कमला भट्टराईले जानकारी दिनुभयो । नगर सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले संघीयताको नयाँ प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश साँसद घनश्याम दाहालले नगरपालिकाले लिएको नीति तथा कार्यक्रम सतप्रतिशत सम्पन्न गर्ने गरी सक्रिय हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.