सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अयोध्याधाममा राख्नका लागि ल्याइएको मूर्ती शोभायात्रा सहित माडीका लागि प्रस्थान


  •    न्युजभित्तो/८ बैशाख २०७८, बुधबार १०:२४ 
  • चितवन, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनु भएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मंगलबार साँझ देवघाट आईपुगेको सो शोभायात्रा आज बिहान ८ः३० वजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर आत्मानन्द गिरि जि महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरु सहितको उपस्थितिमा स्वति वाचन सहित शोभा यात्रालाई बिदाई गरिएको हो ।

    आज विहान देवघाट संगम स्थलको पबित्र जलले जलाभिषेक संगै राम, सिता, हनुमान र लक्ष्मणको मूर्तीलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानियले कलश यात्रा सहित शोभायात्रालाई विदाई गरेको देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

    माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मंगलबार ल्याईएको हो । यसरी ल्याइएका मूर्तीहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ वजे राख्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा मन्त्री ढकाल, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल लगाएतका उच्च अधिकारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

    गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्तिलाई मंगलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याईएको हो ।

    उक्त शोभायात्रा दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.