सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १३:५९ 
  • जनकपुरधाम, ७ वैशाख । मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएर लामो समयदेखि थलिएका ५० वर्षीय यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गयराति निधन भएको हो ।

    यादवको शव सिरहाको सुखिपुर नगरपालिका १ मोहनपुरस्थित घरमा ल्याएर आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    २०६३ सालमा भएको मधेस आन्दोलनमा यादवले लहानको नेतृत्व सम्हालेका थिए । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा अन्तरिम संविधान जलाउँदा पक्राउ परेपछि रिहाइको माग गर्दै यादवको नेतृत्वमा लहानमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको थियो ।

    यादव गणतन्त्रका प्रणेता स्व. रामराजाप्रसाद सिंहका राजनीतिक चेला थिए । सिंहले २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको हत्या गर्ने उद्देश्य सिंहदरबारमा बम विस्फोट गराएको घटनामा पनि यादव संलग्न थिए । विस्फोटको आरोपमा यादवले सेनाबाट यातना झेल्नुका साथै जेल जीवन बिताएका थिए ।

    यादवको निधनप्रति मधेसका नेताहरूले दुःख जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.