सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी प्रदेशका गुरुङद्वारा चैतेदशैँको शुभकामना


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १०:५१ 
  • गण्डकी, ७ वैशाख ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

    नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अभै प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि भएको शुभाकामना सन्देशमा उल्लेख छ ।

    कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण पुनः बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकाय रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री गुरुङले हेलचक्रयाइँ नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गरी सतर्कता अपनाउनु हुनसमेत सबैमा अपिल गर्नुभएको छ । गण्डकी प्रदेश सरकारले चैतेदशैँको दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.