सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार ०८:०६ 
  • भरतपुर, ५ वैशाख । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहनुभएको छ ।

    साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए । विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अञ्जली, लकास पौडेल, तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    पौष्टिक आहारका लागि नगद

    चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहारका लागि नगद प्रदान गरेको छ । खैरहनी नगरपालिका–१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजारका दरले रकम प्रदान गरेको हो ।

    गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम असार मसान्तसम्म चल्नेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.