सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकाले दियो २० चेपाङलाई रोजगार


  •    /१ असार २०७६, आईतवार १५:११ 
  • मुग्लिन । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।

    एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “ एसएलसी दिएपछि घरमै बसिरहेको थिएँ, अहिले गाउँमै रोजगार हुन पाउँदा खुशी छु ।” अर्का हर्कबहादुर प्रजाले पनि काम पाएकाले अब परिवारले सास्ती बेहोर्नु नपर्ने भन्दै खुशी व्यक्त गर्नुभयो । बिहान बेलुका के खाने भन्ने समस्याबाट तत्कालका लागि मुक्ति मिलेको उहाँको भनाइ थियो ।

    आज यहाँ आयोजित कार्यक्रममा नगरको विपन्न चेपाङ समुदायको बहुल्यता रहेको वडा नं ११ को दाबलिङबाट २० चेपाङलाई काम दिएर उक्त कार्यक्रम शुरु गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो । उहाँले श्रममा विश्वास गर्दै स्वरोजगार बन्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयोे ।

    वडा नं ११ मा ५८ जना रोजगारका लागि सूचीकृत भएकामा पहिलो चरणमा २० जनालाई रोजगार दिइएको हो । उनीहरूले दैनिक रु ६०० का दरले पारिश्रमिक पाउनेछन् । नगरपालिकामा तीन हजार १९६जनालाई रोजागारका लागि सूचीकृत गरिएकामा यो वर्ष २२० जनालाई रोजगार दिनेसमेत स्वरोजगार कार्यक्रम संयोजक हरिशरण सोतीले जानकारी दिनुभयो । सो कार्यका लागि नगरपालिकाले रु १९ लाख छुट्याइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.