सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १६:१७ 
  • काठमाडौं २ वैशाख । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानको दृश्य खिंचेका नाममा पत्रकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनाका साथै दुव्र्यवहार गरेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।

    युनियनले आज विज्ञप्ति जारी गरी भारतीय दूतावास परिसरमा समाचार सङ्कलनका क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुव्र्यवहार गरेको प्रति पनि आपत्ति जनाएको छ । ‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि जम्मा भएकामाथि प्रहरीले गरेको हस्तक्षेपको घटनाको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार दाहाललाई प्रहरी नायब उपरीक्षक दीपक खड्काको नेतृत्वमा रहेका प्रहरी जवानले भिडियो र फोटो खिंचेको भन्दै लछारपछार पारेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।

    ‘राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशीलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ, तर पटकपटक सुरक्षा निकायका तर्फबाट रिपोटिङका क्रममा खटिएका सञ्चारकर्मीमाथि दुव्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो’ विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.