सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलुक सम्बृद्ध नेपाल सुखी नेपालीको अवधारणासँगै डिजिटल नेपालको संकल्पमा समेत अघि बढेको छ: मन्त्री तुम्बाहाङ्फे


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १५:२९ 
  • काठमाडौं, २ वैशाख । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले मुलुक सम्बृद्ध नेपाल सुखी नेपालीको अवधारणासँगै डिजिटल नेपालको संकल्पमा समेत अघि बढिसकेको बताएकी छन् । बिहिबार भूमी व्यवस्था सम्बन्धी डिजिटल अनलाइन प्रणाली ‘ल्याण्ड इन्फरमेसन सिस्टम (निलिस्)’ र ‘मेरो कित्ता’ सफ्टवेयरको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले यस्तो बताएकी हुन् ।

    मन्त्री तुम्बाहाङ्फेले डिजिटल नेपालको अवधारणामा सरकार पेपर लेस, क्यास लेस प्रणालीमा अघि बढिसकेको बताउँदै सेवाग्राहीको सुविधाका लागि भूमी व्यवस्थासम्बन्धी डिजिटल सिस्टम ल्याएको बताइन् ।  जुन अहिलेको समयमा भूमी व्यवस्था तथा नापी क्षेत्रमा समेत आवश्यकता रहेको महशुस गर्दै सरकारले निलिस् र मेरो कित्ता जस्तो प्रविधि ल्याएको बताइन् ।

    ‘हाल भूमी व्यवस्था तथा मालपोत कार्यालय र नापी कार्यालयमा व्यापक समस्या छ भन्ने जनगुनासाहरु आइरहेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मालपोत कार्याल तथा नापी कार्यालयहरूले ऐनले दिएभन्दा विपरित पनि गएर जग्गाको कित्ताकाट तथा नामसारी हुने गरेको गुनासाहरू आइरहेका छन् । यसमा कर्मचारीहरु पूर्णत जिम्मेवार छन्’ मन्त्री तुम्बाहाङ्फेले भनिन्,  ‘यस्तो समस्या चिर्नलाई पनि सरकारले डिजिटल प्रविध ल्याएको हो ।’

    प्रमुखतः सरकारले सेवाग्राहीहरुको सुविधालाई नै ध्यानमा राखेर डिजिटल प्रणालीको विकास गरेको बताइन् ।  सो अवसरमा उनले प्रविधिको विकाससँगै सेवाग्राहीहरुले पनि प्रविधि अनुसार आफुलाई अपेड गराउँदै जानुपर्ने बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.