सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारी समृद्धिको मुख्य आधार हो: गण्डकी प्रदेशका उपसभामुख शर्मा


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १४:४९ 
  • गण्डकी, २ वैशाख । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा उहाँले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताउनुभयो ।

    उपसभामुख शर्माले मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहने बताउँदै आप्mना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    संस्थाका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्वमाथि प्रकाश पार्नुभएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.