सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिपर दुर्घटनामा दुईको मृत्यु,


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १३:४० 
  • रसुवा, २ वैशाख । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ग्राङबाट कालिकास्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    टिपरमा सवार कालिका गाउँपालिका–१ का वडाध्यक्ष (पूर्व गोरखापत्रका रसुवा समाचारदाता) मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ । मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.