सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैलालीको टीकापुरमा जङ्गली हात्तीले घर भत्कायो


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १३:३६ 
  • कैलाली, २ वैशाख । टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ ।

    बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो । ‘‘घरमा तीन जना थियौँ । राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो’’, उहाँले भन्नुभयो, ‘‘घरको बीचमा भित्ता भएर बाच्यौँ, एउटा भित्ता भत्काइसकेपछि अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला ।’’

    बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएका टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताउनुभयो । ‘‘टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो । “हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’’, उहाँले भन्नुभयो, ‘‘गाउँले निकै डराएका छन् । रातभरि सुतेका छैनन् ।’’ केही वर्षअघि पनि टीकापुरमा हात्ती आएको थियो । हात्तीले करीब ६ वर्षअघि टीकापुर पार्कमासमेत क्षति पुयाएको थयो ।

    ‘‘हात्ती पार्ककै जङ्गलमा रहेको छ । अझैँ हात्ती कर्णाली नदीपारी नगएकाले गाउँमा त्रास कायमै छ’’, स्थानीयवासी गम्भीर चौधरीले भन्नुभयो, ‘‘नुक्लीपुर आसपासमा त्रास बढेको छ । यहाँ जङ्गली हात्ती मात्र नभइ अन्य जङ्गली जनावरको समेत डर रहेको छ ।’’ पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.