सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार ११:५३ 
  • बलेवा, २ वैशाख । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् ।

    बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भर्ना त गरिएको छ तर शय्यामा राखेर बस्न उनको परिवार तयार छैन । बच्चामा कुपोषणको समस्या रहेको छिमेकीले जानकारी पाउँछन् भन्ने परिवारलाई लागेर उनको उपचार पोषणगृहको सल्लाहमा घरमै हुन्छ । “समयमा यहाँ आएर हामीले तयार गरेको खाना लिएर जानुहुन्छ, भर्ना भएर बस्न मान्नुभएन”, पोषण सुधारगृहका पोषण प्रबन्धक निशान्त आचार्यले भन्नुभयो, “कुपोषणजस्तो समस्यामा पनि सामाजिक बहिस्करणको त्रास छ ।”

    पोषणगृहमै आएका अर्का चार वर्षे बालककी आमा पनि भर्ना भएर बच्चाको पोषणमा सुधारका लागि तयार हुनुहुन्न । “घरमा अरु दुई बच्चा छन्, बूढाले काम गर्नुभएन भने छाक टर्दैन”, उहाँले पोषण प्रबन्धकसँग भन्नुभयो, “औषधि दिनुस् घरमै गएर उपचार गर्छु ।”

    कुपोषण आफैँमा रोग होइन तर कुपोषणका कारण अन्य रोगको शिकार बालबालिका हुन सक्छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावक तयार नरहेको उल्लिखित उदाहरणले देखाउँछ ।

    “हामीले बच्चा र अभिभावकलाई निःशुल्क खाना खुवाएर कुपोषणको पुनःस्थापना गर्छौँ”, आचार्य भन्नुहुन्छ, “अझै कुपोषणको विषयमा चेतनाको अभाव रहेछ भन्ने देखिन्छ ।” पोषणगृहले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरेको छ । गृहमा आउने बालबालिकामध्ये बालकको सङ्ख्या धेरै छ । उनन्चालीस बालक र ३१ बालिकाको पोषण पुनःस्थापना गरिएको प्रबन्धक आचार्यले बताउनुभयो । तीमध्ये पाँच जना अहिले पनि पुनःस्थापनाको क्रममा छन् । “कोरोना महामारीको समयमा अन्य समयमा भन्दा कुपोषित बालबालिकाले सुसार पाए”, आचार्य भन्नुहुन्छ, “लकडाउनका कारण अभिभावक घरमा रहँदा बालबालिकाले समयमा खाना पाए ।”

    परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषणसम्बन्धी समस्या हुने गरेको पोषण पुनःस्थापना गृहको अनुभव छ । “बच्चालाई दिनमा चार पटक पोषणयुक्त खानाको आवश्यकता पर्छ तर त्यसअनुसार अभिभावकले ख्याल नगरेका बालबालिका धेरै पीडित रहेको पाइन्छ”, उहाँले भन्नुभयो, “खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या आउँदैन ।”

    सुकेनास र फुकेनास दुवै किसिमका कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको उहाँले सुनाउनुभयो । बागलुङमा बजारीकरण भएका क्षेत्र र ग्रामीण तहसम्म बालबालिकामा विभिन्न खालको कुपोषणको समस्या वृद्धि भएको उहाँको अनुभव छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.