सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वर्गद्वारी जीप दुर्घटना : जिल्ला प्रशासन कार्यालय गुल्मीका पाँच कर्मचारीको मृत्यु, १२ घाईते


  •    न्युजभित्तो/१ बैशाख २०७८, बुधबार १६:१० 
  • गुल्मी, १ वैशाख। नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन्।

    गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिनुभयो । गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका ३ रूमालेमा दुर्घटना भएको हो। बसलाई ओभरटेक गर्न खोज्दा जीप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।

    त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.