सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १४:५७ 
  • काठमाडौं ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

    यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।
    अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।

    स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७र८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

    उनका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारिक निर्णय हुन बाँकी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.