सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तको विरोध


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १४:०० 
  • विराटनगर, ३१ चैत ।  नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् ।

    इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

    भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए ।

    चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

    शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ र आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् । लापरवाही गर्नेलाई कारवाही प्रक्रिया अघि नबढेसम्म शव जिम्मा नलिने छिमेकी होमेश्वर ठाकुरले बताए ।

    शिशुको मृत्युपछि आफन्तसँग अस्पताल प्रशासनले तीन पटक छलफल गरेको छ । छलफलमा एकलाख रुपैयाँ क्षतिपूर्ति लिएर शव बुझ्न दबाव दिएको थियो । आफन्तले भने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

    नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले अनुसार प्रसूति गराउदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको बताए ।

    टाउकोमा प्वाल परेको हल्ला पनि गलत भएको उनको दाबी छ । ‘पटक पटक छलफल भएको छ तर उहाँहरु चिकित्सकको कुरा सुन्नु हुन्न,’ उनले भने, ‘क्षतिपूर्ति माग गरिरहनुभएको छ, कारवाहीको माग भए सम्बन्धित निकायमा उजुरी गर्नुहोस् भनेका छौं ।’

    भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको उनको दाबी छ । आफन्तले शव जिम्मा नलिएपछि अस्पतालमै शव राखिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.