सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थछैन :ऊर्जामन्त्री रायमाझी


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १३:४८ 
  • रुपन्देही  ३१ चैत। ऊर्जामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् ।

    ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थछैन,’ गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले भने ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी ओलीको विरोध गर्नु प्रचण्डको राजनीतिक विचलन भएको मन्त्री रायमाझीको टिप्पणी थियो । उनले प्रचण्डलाई राजनीतिक विचलनमा आएर ओलीलाई गाली गर्न लागेको आरोप लगाए ।

    माओवादी केन्द्रलगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने बताउँदै मन्त्री रायमाझीले सरकार ५ वर्षसम्म रहिरहने बताए ।

    प्रचण्डले देशलाई अस्थिरतातर्फ लैजानका लागि विभिन्न शक्ति केन्द्र धाएर विभिन्न चलखेल गरे पनि त्यो सपना पूरा गर्न नसक्ने बताउँदै उनले जनताको म्यानडेट लिन यही सरकारले चुनाव गराउने दाबी गरेका छन् ।

    नेता रायमाझीले प्रचण्डले जनताले चुनेर दिएको आफ्नो पद खोसेर जनादेशको अपमान गरेको आरोप लगाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.