सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेदरल्यान्ड्स क्रिकेट टिम त्रिदेशीय कप क्रिकेट सिरिज खेल्न नेपाल आइपुग्यो


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १३:३८ 
  • काठमाडौं, ३१ चैत । नेदरल्यान्ड्स क्रिकेट टिम त्रिदेशीय कप क्रिकेट सिरिज खेल्न नेपाल आइपुगेको छ। डच टिम मंगलबार विहान नेपाल आइपुगेको हो।

    खेलाडीहरू कोभिड-१९ को प्रोटोकलमा रहनेछन्। होटल सोल्टीमा बस्ने टिमको बुधबार पिसिआर टेस्ट हुनेछ। त्यसपछि मात्र उनीहरुसँग अन्य व्यक्तिले भेट गर्ने पाउनेछन्।

    कपमा नेदरल्यान्ड्स, नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। कपमा सहभागी हुन मलेसियन टिम पनि आजै नेपाल आउने क्यानले जनाएको छ।

    कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएको बेला क्यानले त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो।

    वैशाख ४ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कपको पहिलो दिन नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। खेल अपरान्ह सवा एक बजेदेखि सुरू हुनेछ। वैशाख ५ गते हुने खेलमा नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुने तालिका छ।

    प्रतियोगितामा डबल राउन्ड रोबिनका आधारमा हुनेछ। जसमा बढी अंक जोड्ने दुई टिमबीच वैशाख ११ मा फाइनल खेल हुनेछ।

    सिरिजका लागि नेपालले २० खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण गरिरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.