नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य:प्रधानमन्त्री ओली
न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १३:३२
काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ‘ठिक लगाउने’ चेतावनी दिए।
उनले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने। बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु। तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।’
उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे।