इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी युएईबाट पक्राउ
न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १३:०६
काठमाडौं, ३१ चैत । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ ।
तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोप लागेका पुरी फरार भएपछि अन्तर्राष्ट्रिय तवरमा खोजी गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल व्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।