सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : परराष्ट्रमन्त्री ज्ञवाली


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १३:०३ 
  • काठमाडौँ, ३१ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ ।

    नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    मन्त्री ज्ञवालीले भन्नुभयो, “उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पु¥याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समाजका हरेक वर्ग, पेशा–व्यवसायका व्यक्तिलाई इमानदारीपूर्वक आ–आफ्नो क्षेत्रबाट योगदान गर्न गर्नुभएको आग्रहको स्मरण गर्दै उहाँले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर सरकारले हरसम्भव काम गरिरहेको बताउनुभयो ।

    मन्त्री ज्ञवालीले विकास नीतिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले अल्पविकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिका निम्ति गरेको सिफारिश नेपाल र नेपालीका निम्ति गौरवको विषय भएको बताउँदै विकासशील राष्ट्रमा रुपान्तरण हुन अझै धेरै काम गर्न बाँकी रहेको यथार्थ सुनाउनुभयो । उहाँले सन् २०३० अगावै राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती पनि थपिएको बताउनुभयो । “दृढ सङ्कल्पका साथ लागेपछि जस्तासुकै चुनौतीलाई परास्त गर्नसकिन्छ विकास अनुसन्धान प्रतिष्ठानजस्ता प्राज्ञिक समूहहरूको साथ र सहयोग त्यस निम्ति अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सामाजिक न्याय, सुशासन र विकास विषयमा प्रवचन दिँदै विश्वबाटै गरिबी अन्त्य गर्ने दिगो विकास लक्ष्यका १७ वटा प्राथमिकतालाई नेपालले पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । असल संवैधानिक अभ्यास र व्यवहारबाटै संविधानको प्रवद्र्धन हुने विचार व्यक्त गर्दै उहाँले संविधानको संरक्षण र प्रवद्र्धनका लागि भावी पुस्तालाई मार्गदर्शन गर्ने दायित्व वर्तमान राजनीतिक नेतृत्वको हो भन्नुभयो ।

    प्रतिष्ठानका संस्थापक सदस्य पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक जयकुमार गुरुङले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.