सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तत्काल लकडाउन नहुने, शैक्षिक संस्थाहरु पनि सुचारु रहने


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १२:१० 
  • काठमाडौं ३१ चैत । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । तर, संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ ।

    एक मन्त्रीले क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

    बालबालिकाहरुमा संक्रमण देखिन थालेको र ११ वर्ष मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएकाले सतर्क हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    विद्यालयहरु बन्द गर्न सीसीएमसीले सिफारिस गरे पनि सरोकारवालाहरुको रायलाई समेत ध्यान दिँदै तत्कालका लागि शैक्षिक संस्थाहरु बन्द नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ ।

    कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्टरुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्रोतले बतायो ।

    मन्त्रिपरिषदले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर भिन्नाभिन्नै ठाउँका लागि ठो निर्णय लिने बताइएको छ । तर, भीडभाडयुक्त ठाउँहरुको हकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ लागू गरिने मन्त्रिपरिषदको निर्णय छ ।

    त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।

    सोमबार साँझ बसेको क्याबिनेट बैठकको निर्णयअनुसार आज सीसीएसीका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।

    क्याबिनेटको निर्णयबारे जानकारी गराउन र जनतामा सचेतना जगाउनका लागि उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्ने ती मन्त्रीले बताए ।

    तर, उपप्रधानमन्त्रीले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलनको समय भने तय हुन बाँकी रहेको पोखरेलको सचिवालयले बताएको छ । स्रोतले भन्यो, ‘समयका बारेमा छलफल हुँदैछ ।’ (रातोपाटी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.