सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्यो


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार ११:३१ 
  • उदयपुर, ३१ चैत । यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ ।

    जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ ।

    यसपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा बढी चैते धानखेती त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर, कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालपतालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताउनुभयो । कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धानखेती विस्तार भएको छ । यसैगरी उदयपुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

    खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार चार वर्षअघिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आकर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.